Ads

बझाङमा भूकम्पको धक्का


बझाङ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार मध्यरात १२ बजेर ४ मिनेटमा बझाङ केन्द्र बिन्दु भएर भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक राजेश शर्माले जानकारी दिए ।

शर्माका अनुसार बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भुकम्प गएको हो ।

Ads

सम्बन्धित पोष्टहरू