Ads

रास्वपाले माग्यो सातवटै प्रदेशमा कर्मचारी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले सातवटै प्रदेशमा अनुशासन आयोगका लागि पदाधिकारी र सदस्यहरू माग गरेको छ । पार्टीको विधान, सिद्धान्त, दर्शन, प्रतिवद्धता र उद्देश्य बमोजिमका कार्यहरूमा हुनसक्ने अवरोध, विसंगति तथा आर्थिक अनियमितता निर्मूल पार्न तथा पार्टी सदस्य र विभिन्न तहगत संरचनामा रहेका पदाधिकारीलाई अनुशासित, मर्यादित बनाउन भन्दै रास्वपाले सातवटै प्रदेशमा अनुशासन आयोगमा पदाधिकारी माग गरेको हो ।

पार्टी सदस्यता लिएकामध्येबाट खुला आवेदन माग गरी पदपूर्ति गर्ने रास्वपाको तयारी छ । रास्वपाको सूचनामा भनिएको छ, ‘पार्टीका सदस्य एवं पदाधिकारीहरूलाई असल, आचरणयोग्य बनाउन साथै अनुशासन र आचरण उल्लङ्घन गरेको अवस्थामा अनुसन्धान गर्ने, प्रमाण संकलन गर्ने र सजाय गर्न पार्टी विधान २०७९ को धारा ५५ ९५० च को अधीनमा रही केन्द्रीय अनुशासन आयोग नियमावली, २०८० जारी भएको हुँदा उक्त नियमावलीको अधीनमा रही यस पार्टीको सदस्य लिएकाबाट पदपूर्ति गरिने छ ।

’ रास्वपाको नियमावलीअनुसार प्रदेश अनुशासन आयोग ५ सदस्यीय हुनेछ । जसमा प्रदेश प्रमुख, उपप्रमुख, सचिव र २ जना सदस्य हुने व्यवस्था छ । पदाधिकारीहरू कम्तीमा स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने र प्रत्येक प्रदेशमा एकजना महिला र एकजना कानुनमा स्नातक गरेको हुनुपर्ने प्रावधान राखिएको छ । जिल्ला अनुशासन समिति ३ सदस्यीय हुनेछ । जसमा एकजना प्रमुख र दुई जना सदस्य रहने व्यवस्था गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू