कfठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कर्णालीमा मनसुन अवधिका लागि प्रतिबन्ध लगाएको हवाई उडान पूर्वाग्रह राखेर नगरेको बताएको छ ।
प्राधिकरणले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकाेप्टर वा जहाजहरू पहाडमा ठोक्किएर धेरै दुर्घटना भएको कारण हवाई सुरक्षा नीतिअनुसार मनसुन अवधिभरका लागि प्रतिबन्ध लगाएको स्पष्ट पारेको हो।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकोप्टर वा जहाज पहाडमा ठोकिएर धेरै दुर्घटना हुने गरेकाले दुर्घटना न्यूनीकरण गर्न यस्तो निर्णय गरेको बताए । उनले विमानस्थलहरूलाई आइएफआर नबनाउँदासम्म मनसुन अवधिमा तोकेको अवधिमा मात्रै उडान गर्ने साउन १९ गते प्राधिकरणले निर्णय गरेको बताए ।
उनले जल तथा मौसम विज्ञान विभागको अध्ययन र विमानस्थल निर्देशिका २०७९ अनुसार बिहानको समय उडान भर्ने र अन्य समयमा उडान गर्दा साँझ हुँदा पाइलटहरूलाई काठमाडौं,नेपालगञ्ज फर्कन हतार हुने र हतारमा उडानको सुरक्षा कमी हुने गरेको बताए । उनले मनाङ एयरको विमान दुर्घटना भएपछि प्राधिकरणले सधैँका लागि नभई मनसुन अवधिभरका लागि मात्रै बन्द गरिएको बताए । उनले भिएफआर उडान हुने पहाडी क्षेत्रका विमानस्थलहरू तत्काल आइएफआर गर्ने सम्भवना नभएको बताए ।
सूचना अधिकारी भुलले कर्णालीमा उडानका लागि बिहान कहिलेकाहीँ मौसम बिग्रेर उडान नहुने र धेरै पानी परेकाले गर्दा प्राधिकरणले तोकेको समयमा उडान नहुँदा समस्या भएको बताए । उनले प्राधिकरणले पुरानो नियमलाई सुरक्षाको लागि जतिबेला मन लाग्यो त्यतिबेला उडान गर्न पाउने भएकाले निर्णय गरेको बताए । उनले दुर्घटनाको देश भनेर विश्वले चिन्ने अवस्था आएको भन्दै हवाई उडानबाट मान्छेहरू मर्न नपरोस् भनेर जनताको सुरक्षाका लागि भनेर उडान बन्द गरेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्