काठमाडौँ । सरकारले नेपाल प्रहरीमा ३ एआईजीको दरबन्दी थप्ने निर्णय गरेको छ ।
आज(बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले ३ एआईजीको दरबन्दी थप्ने निर्णय गरेको हो । एआईजीका लागि डीआईजीहरू ईश्वरबाबु कार्की, वसन्त पन्त, उत्तमराज सुवेदी, वसन्त लामा, रवीन्द्र धानुक र धीरजप्रताप सिंह प्रतिस्पर्धामा रहेका छन् ।
हाल प्रहरी प्राविधिकबाहेक ५ एआईजीको दरबन्दी रहेको छ भने अब एआईजीको दरबन्दी ८ पुग्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्