Ads

एमसीसीबारे निर्णय लिनका लागि सत्तारुढ गठबन्धनको बैठक जारी


काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा एमसीसी सम्झौताको विषय प्रमुख एजेण्डा बनेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा पेश गर्ने अडान लिएपछि गठबन्धनमा संकट उत्पन्न भएको हो ।

कांग्रेसले एमसीसी संसदमा लैजाने पक्षमा छ भने माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी एमसीसी पारित गर्न नहुने पक्षमा छन् । राष्ट्रिय जनमोर्चा नेपाल एमसीसी खारेज गर्ने पक्षमा रहेको छ ।

एमसीसीबारे निर्णय लिनका लागि सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू