काठमाडाैँ । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार विश्वासको मत लिने भएका छन् ।
विश्वास मत लिनेसम्बन्धी आज प्रदेश सभा नयाँ सूचना दर्ता गराएका छन् ।
गठबन्धन दलका तर्फबाट थापा दोस्रोपटक साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । पहिलोपटक सभामुखसमेतको हस्ताक्षरमा सरकार गठन गर्दा सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।
प्रदेश सभा सचिवालयले विश्वास मत लिने सम्बन्धमा सूचना दर्ता भएको जानकारी दिएको छ ।
संवैधानिक व्यवस्थाअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बनेका थापाले ३० दिनभित्र अर्थात् भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्