भैरहवा । क्यालिब्रेशन फ्लाइटका लागि एरो थाईको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
थाइल्याण्डबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको सो विमान साँझ ५ बजे गौतमबुद्ध विमानस्थलमा ल्याण्ड गरेको हो । विमानस्थलमा जडान भएका उपकरणले काम गरे-नगरेको जाँच गर्नका लागि क्यालिब्रेशन फ्लाइट गर्ने गरिन्छ । उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले पाएको थियो ।
क्यालिब्रेशन फ्लाइट फागुन १५ गतेसम्म चल्ने विमानस्थल आयोजनाले जनाएको छ । त्यसपछि परीक्षण उडान हुनेछ । उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले पाएको थियो ।
निर्माणको अन्तिमचरणमा भएको उक्त विमानस्थलको यान्त्रिक परीक्षणका लागि थाइल्याण्डको एरो थाईले उडान शुरु गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिनुभयो ।
क्यालिब्रेसन फ्लाइटका क्रममा बिहान ११ः०० देखि दिउँसो ४ः३० बजेसम्म भैरहवा विमानस्थलको उडान पूर्णरुपमा ठप्प हुने कर्णले जानकारी दिनुभयो । कम उचाइमा जताततै उडेर विमानस्थलमा जडित यन्त्रको परीक्षण गर्नुपर्ने भएकाले जहाजको उडान रोक्नुपरेको उहाँले बताउनुभयो । भैरहवा विमानस्थलमा दैनिक २० वटासम्म उडान हुने गरेको थियो ।
प्राधिकरणले यात्रुलाई सहज बनाउन विहान र बेलुकी उडानको समय दिएको छ भने शनिबार क्यालिब्रेसन फ्लाइट नहुने भएकाले उक्त दिन पुरानै तालिकामा उडान हुने जनाएको छ । जडित यान्त्र परीक्षणको समयतालिकामा अवरोध हुने भएपछि साडे पाँच घण्टा उडान रोकेको प्राधिकरणले जनाएको छ । नेपालमा सञ्चालनमा रहेका ३५ वटा विमानस्थलहरु मध्ये पूर्णरुपमा यान्त्रिक हिसावले अवतरण गर्न सक्ने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नै पहिलो रहेको प्राधिकरणले जनाएको छ ।
फागुन १५ गतेसम्म क्यालिब्रेसन फ्लाइट हुने छ भने त्यसपछिको रिपोर्टका आधारमा परीक्षण उडान गरी नियमित उडानका शुरु हुने प्राधिकरणको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि अन्तर्राष्ट्रिय उडान भर्ने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुनेछ ।
सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूमा निर्माण शुरु भएको विमानस्थल कोरोना महामारी र ठेकेदार कम्पनीको लापरवाहीका कारण पाँच वर्ष लम्विएको थियो ।
प्रतिक्रिया दिनुहोस्