Ads

सत्तारुढ गठबन्धनको बैठक अझै जारी


काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक अझै जारी छ । एमसीसीका विषयमा निर्णय लिन बसेको सत्तारुढ गठबन्धनको बैठकमा शिर्ष नेताहरुको सहभागीता रहेको छ ।

आजको बैठकले भोलि एमसीसी संसदमा टेबल गर्ने विषयमा टुंगो लगाउने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री देउवासहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई, काँग्रेस महामन्त्री गगन थापालगायत गठबन्धनका शीर्ष नेता सहभागी छन् ।

Ads

सम्बन्धित पोष्टहरू