Ads

प्रतिनिधि सभाको बैठक आज बस्दै


काठमाडौं ।  नेकपा एमालेले गत साउन १० गतेदेखि अवरुद्ध गर्दै आएको प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ ।बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । साउन ३ गते त्रिभुवन विमानस्थलको भन्सार कटाएर लैजादै गरेको ६० किलो सुन बरामद भएको थियो ।

यसको छानबीनका लागि उच्च स्तरिय छानबीन संयन्त्र गठन हुनु पर्ने माग राख्दै एमालेले संसदका दुवै सदनको बैठक अवरुद्ध गर्दै आएको छ । यसको छानबीनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई जिम्मा दिइसकिएकाले उच्च स्तरिय छानबीन समिति बनाउनु नपर्ने भन्दै सरकार एमालेको मागप्रति उदासिन छ ।

यद्यपी संसद खुलाउने विषयमा राष्ट्रपतिदेखि प्रधानमन्त्री र सभामुखले पनि पहल गरिरहेका छन् । तर आजको बैठक पनि नियमितरुपमा सुचारु हुनेमा भने आशंका छ ।

Ads

सम्बन्धित पोष्टहरू