Ads

मिलेमोतोमा भ्रष्टाचारका फाइल ढाकछोप गर्न खाेजियाे, छानबिनका लागि कांग्रेसले दबाब दिनुपर्छ: महामन्त्री थापा


काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मिलेमोतोमा भ्रष्टाचारका फाइल ढाकछोप गर्न थालिएकाे आराेप लगाएका छन ।

आइतवार झापामा एक कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री थापाले गिरीबन्धु, यति–ओम्नी र शिविर घोटाला सबैको फाइल छानबिनका लागि कांग्रेसले दबाब दिनुपर्ने बताएका हुन ।

‘एउटाले भन्छ–म सुन काण्डको भ्रष्टाचारको छानबिन गर्छु । अर्कोले ठूला कुरा गर्छ– गिरीस्टेटको फाइल खोल्छु । अर्कोले– तेरो शिविरको खोल्दिन्छु भन्छ । अर्कोले भन्छ मिलेर कसैको नखोलौ,’ महामन्त्री थापाले भने, ‘त्यसो गर्न पाइन्छ ? पाइँदैन । कांग्रेसले भन्ने कुरा चाँहि त्यो यति ओम्नी, चाहे गिरीबन्धु, ललिता या चाहे शिविर जुनसकै घोटलाको फाइल खोलिनुपर्छ ।’

पार्टीकै नेता या पूर्वप्रधानमन्त्री जोसुकै मुछिए पनि भ्रष्टाचारका ठूला फाइल खोल्नु पर्ने उनले बताए । ‘सबै भ्रष्टाचार काण्डको अनुसन्धान हुनुपर्छ । निर्दोष एकजना पनि फस्नु हुँदैन, दोषी एकजनाले पनि उन्युक्ति पाउनु हुँदैन । दोषी हाम्रो पार्टी, अर्कोपार्टीको या पूर्वप्रधानमन्त्री भए पनि सरकारलाइ भन्न सक्नु पर्छ,’ थापाले भने ।

महामन्त्री थापाले ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयान रोक्ने निर्णय गठबन्धन बैठकबाट भएकोमा समेत आपत्ति जनाए ।

Ads

सम्बन्धित पोष्टहरू