काठमाडाैँ । भारतले एसिया क्रिकेटअन्तर्गत नेपाल र पाकिस्तानविरुद्ध खेल्ने खेलको लागि १७ सदस्यीय टिमको घोषणा गरेको छ ।
नियमित कप्तान रोहित शर्माको कप्तानीमा भारतले एसिया कपको लागि टिम घोषणा गरेको हो ।
भारतको टिममा शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, सूर्यकुमार यादव, तिलक बर्मा, केएल राहुल, ईशान किशान र हार्दिक पाण्ड्या छन् ।
त्यस्तै, रवीन्द्र जडेजा, शार्दुल, ठाकुर, अक्षर पटेल, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद शामी, मोहम्मद शिराज र प्रशिद्ध कृष्ण पनि रहेका छन् ।
समूह चरणअन्तर्गत आगामी २ सेप्टेम्बरमा भारतले पाकिस्तानसँग र ४ सेप्टेम्बरमा नेपालसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्