Ads

कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले नजाने


काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहभागी नहुने भएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आज बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी नहुने जानकारी दिए ।

आज शुक्रबार प्रतिनिधिसभा बैठक बस्दै छ । बैठकको कार्यसूचीबारे छलफल गर्न बस्न लागेको कार्यव्यवस्था परामर्श समितिको बैठक एमालेले बहिस्कार गर्ने भएको छ । एमालेले लामो समयदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ ।

भट्टराईका अनुसार प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीले एमसीसीका सवालमा सत्तारुढ गठबन्धनको साझा धारणा प्रस्ट पार्न सुझाव दिएका थिए ।

 

Ads

सम्बन्धित पोष्टहरू