Ads

टी–ट्वान्टी आई शृंखलामा नेपाली महिला क्रिकेट टोलीले आज हङकङसँग खेल्दै


काठमाडौं । चार देशीय टी–ट्वान्टी आई शृंखला अन्तर्गत नेपाली महिला क्रिकेट टोलीले आज हङकङसँग खेल्दैछ । मलेसियाको बायमास ओभलमा मध्याह्न पौने १२ बजे खेल सुरु हुनेछ । आजदेखि सुरु हुने शृंखलामा नेपालसँगै मलेसिया, हङकङ र कुवेतको सहभागिता छ ।

आईसीसी विश्वकप एसिया क्षेत्र छनोटका लागि मलेसिया गएको नेपाली टिमले अन्तिम अभ्यास स्वरुप चार देश सम्मिलित शृंखला खेल्न लागेको हो । यसअघि हङकङमा भएको एसीसी महिला इमर्जिङ कपमा नेपाल र हङकङ खेल्ने तालिका भए पनि वर्षाका कारण खेल रद्द भएको थियो । त्यसअघि एसीसी महिला टी–ट्वेन्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको थियो ।

आज सुरु हुने शृंखलाको उद्घाटन खेलमा आयोजक मलेसियाले कुवेतको सामना गर्नेछ । नेपालले आफ्नो दोस्रो खेल भदौ ६ गते कुवेत र लिग चरणको अन्तिम खेलमा ८ गते मलेसियासँग खेल्नेछ । समूहका शीर्ष दुई टिमले फाइनल खेल्नेछन् भने पुछारका दुई टिमले तेस्रो स्थानका लागि खेल्नेछन् । सामसङजंग थापाको मुख्य प्रशिक्षणमा रहेको नेपाली टिममा तीन नयाँ खेलाडी छन् । नेपाली टिमले शृंखलापछि थाइल्यान्डसँग एउटा अभ्यास खेल खेल्ने तालिका छ ।

Ads

सम्बन्धित पोष्टहरू