काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । बैठक केहीबेर अघि सुरु भएको हो । सभामुख अग्नि सापकोटाले समितिको बैठक बोलाएका हुन। आज प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै छ । तर एमसिसी आजको कार्यसूचीमा छैन ।
संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एउटा मात्रै एजेण्डा छ । आज बसेको सत्ता गठबन्धनको बैठकले पनि एमसीसी टेबल नगर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्