काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेता प्रकाशमान सिंहको छोराको विवाहमा सरिक हुन चाक्सीबारी पुगेका छन्। सिंह पुत्र भास्करमानको विवाह समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवा चाक्सीबारी पुगेका हुन्।
प्रकाशमानका प्रेस संयोजक युपी लामिछानेका अनुसार प्रधानमन्त्री देउवा केहीबेर विवाह समारोहमा सहभागी भएर फर्किएका छन्।
विवाह समारोहमा सहभागी हुन कांग्रेसका अन्य शीर्ष नेताहरू पनि पुगेका छन्। कांग्रेस नेता शशांक कोइराला, प्रवक्ता डा. प्रकाशसरण महत, विमलेन्द्र निधिलगायत अन्य नेताहरू चाक्सिबारी पुगेका हुन्।
प्रतिक्रिया दिनुहोस्