Ads

संसद बैठक सूचना टाँसेर स्थगित, भोलि बस्ने


काठमाडौं । सर्वदलीय बैठक औपचारिकरूपमा बस्दै नबसी सकिएको छ ।

भोलि बिहान ११ बजे बस्नेगरी नेताहरू सामान्य भेटघाट गरेर उठेको एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।

आज ३ बजेका लागि बोलाइएको संसद् बैठक पनि नबस्ने भएको छ ।

समितिको कार्यविधिबारे टुंग्याउने भएपछि ४ बजे प्रधानन्याधीशको शपथ र एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको कारणले रोकिएको उनले बताए ।

समिति गठन गर्न बनेको कार्यदलले ड्राफ्ट तयार पारिसकेको गिरीले जानकारी दिए ।

कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, माओवादीबाट हितराज पाण्डे र नेपाली कांग्रेसबाट रमेश लेखक रहेका छन् ।

यसैबीच आजको बैठक स्थगित गरी भोलि साढे ३ बजेलाई निर्धारण गरिएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू