Ads

‘शीर्ष नेताहरूको बैठकको साक्षी बस्नु भनेको बदनाम मात्रै हो, कुनै तुक छैन’: रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु मात्रै भएको बताएका छन् ।

बैठक नबसेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले असन्तुष्टि पोखेका छन्। लामिछानेले शीर्ष नेताहरूको बैठकको साक्षी बस्नु भनेको बदनाम मात्रै हुने टिप्पणी गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार दिउँसो सुन प्रकरणको अनुसन्धानमा छानबिन समितिको टुंगो लगाउनेबारे थप छलफल गर्न सर्वदलीय बैठक डाकेका थिए। तर, बैठक बसेन। अस्वस्थका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैठकमा उपस्थित भएनन्।

‘सर्वदलीय बैठक बसेन। अस्वस्थका कारण ओलीजी आउनु भएन,’लामिछानेले भने,’शीर्ष नेताहरूको बैठकको साक्षी बस्नु भनेको बदनाम मात्रै हो। यसमा कुनै तुक छैन।’

लामिछानेले समय अभाव देखाएर आज पनि संसद बैठक स्थगित भएको भन्दै आक्रोश समेत व्यक्ति गरे। संसद् बैठक दिउँसो ३ बजेका लागि डाकिएको थियो।

प्रधानन्यायाधीशको शपथमा प्रधानमन्त्री र सभामुख जानु परेकाले समय अभावका कारण आज संसद बैठक नबस्ने एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।ली बिरामी भएपछि एजेण्डामा प्रवेश नै नगरी शीर्ष नेताको बैठक स्थगित

Ads

सम्बन्धित पोष्टहरू