Ads

त्रिसुलीमा खसेको बसका आठ यात्रुको मृत्यु


काठमाडौं । आज काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको यात्रुबाहक बस त्रिसुली नदीमा खस्दा आठनाको मृत्यु भएको छ । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिसुली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको हो ।

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिसुली नदीमा खसेको थियो ।

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए ।‘घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो, तिनीहरुमध्ये ८ जनाको डेथ भएको छ र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।’ उनले भने ।

Ads

सम्बन्धित पोष्टहरू