काठमाडौँ । सुन तस्करीको छानविन गर्न आयोग बनाउने सहमति भएपछि बुधबारबाट संसद खुल्ने भएको छ ।
बुधबार सिहंदरवारमा राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकले सुन तस्करीबारे २ बुँदे सहमति गरेसँगै संसद समेत खुलाउने निर्णय भएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।
‘सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न एमालेले उच्चस्तरीय छानबिन समिति माग गर्दै आएको थियो। आज सोही विषयमा दलहरूबीच सहमति जुटेको छ,’उनले भने,’आजदेखि संसदको अवरोध हट्छ।’
दलहरुबीच आगामी असोज ५ गते उच्चस्तरीय आयोग गठन गर्ने र सोही दिनबाट आयोगले काम थाल्ने गरी सहमति भएको हो ।
सुन प्रकरणमा अनुसन्धान गर्न छानबिन समितिको माग गर्दै एमालेले साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको थियो।
प्रतिक्रिया दिनुहोस्