Ads

लगातार दोस्रो दिन पनि बढ्यो नेप्से,कारोबार रकममा पनि उच्च वृद्धि


काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन पनि वृद्धि भएको छ ।

साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से २९.४७ अंकले वृद्धि हुँदा २०४५.४५ को विन्दुमा बन्द भएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १.४६ प्रतिशतले वृद्धि भएको हो ।नेपाल स्टक एक्सचेन्जका अनुसार यी दुई समूहको परिसूचक कारोबारमा आएका अरू समूहभन्दा बढी बढेको छ ।

हाइड्रोपावर समूहको परिसूचक २.७४ प्रतिशतले वृद्धि भएको छ भने जीवन बिमा समूहको परिसूचक २.५१ प्रतिशतले वृद्धि भएको हो । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २९.४७ अंकले वृद्धि भएर २०४५.४५ विन्दुमा बन्द भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । २७३ धितोपत्रको ४२ लाख ३७ हजार ६९ कित्ता एक अर्ब ५१ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ ।

सर्वाधिक रुपैयाँको सेयर कारोबार घोराही सिमेन्ट इन्डस्टीको भएको छ । यो कम्पनीको सात करोड ५७ लाख ६५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात् ५७ रुपैयाँ ९० पैसा बढेको छ । यो कम्पनीको सेयर मूल्य ६३७ रुपैयाँ ४० पैसा कायम भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू