काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेर विश्वासको मत लिएको दाबी गर्दै नेकपा एमाले रिट लिएर सर्वोच्च अदालत पुगेको छ ।
एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहितका नेता बुधबार सर्वोच्च अदालत पुगेका हुन् ।
उनको रिट निवेदन दर्ताको क्रममा रहेको एमाले कोशी प्रदेशसभाका सदस्य रेवतीरमण भण्डारीले जानकारी दिए ।
कोशीका मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिएका थिए । सो क्रममा सभामुखको आसन रहेर सभा संचालन गरिरहेका इस्राइल मन्सुरीले मतदान गरेका थिए ।
उनले अन्य सांसदले मतदान गरी मत सच्याउने बेला थापाको पक्षमा मतदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्