Ads

एमाले अध्यक्ष ओली बिराटनगर जाँदै


काठमाडौं \ तत्कालिन नेकपा मालेको चौथो महाधिवेशन स्थल सिराहामा आयोजना गरिएको पार्टी सचिवालयको बैठकमा सहभागी हुनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज विराटनगरतर्फ जाँदै छन् । एमाले मोरङका अध्यक्ष ऋषी पोखरेलका अनुसार दिउसो १२ बजे अध्यक्ष ओली विराटनगर अवतरण गर्ने कार्यक्रम छ । त्यसपछि भेडियारीमा रहेको विराट राजाको दरबार अवलोकनमा जाने कार्यक्रम रहेको छ ।

त्यसपछि दिउसो पार्टी कार्यकर्ताहरुसँग आन्तरिक भेटघाट र साँझ पाँच वजे उद्योगी व्यावशायीहरुसँग अन्तरक्रियाको कार्यक्रम रहेको छ । पोखरेलका अनुसार भोली हुने सचिवालय बैठकमा सहभागी हुन अन्य नेताहरुसहित विहान अध्यक्ष ओली सिराहा जानेछन् । सिराहाको धनगढीमाई नगरपालिकामा रहेको विष्ण्पुरकटीमा पार्टीको सचिवालय बैठक आयोजना गरिएको छ । २०४६ साल भदौ ९ देखि १४ गतेसम्म यही स्थानमा नेकपा मालेको चौथो महाधिवेशन भएको थियो ।

महाधिवेशनले मदन भण्डारीलाई पार्टी महासचिव निर्वाचित गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू