काठमाडाैँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरूमा अपील गरेका छन् ।
पछिल्लो समय धरानमा जातीय द्वन्द्व बढ्ने खतरा बढ्दै गएपछि प्रमुख साम्पाङले यस्तो आग्रह गरेका हुन् ।
‘हाल देखिएको अशान्तिमय वातावरणमा सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकका भावना प्रतिविम्बित हुने गरी आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण धरान नगरवासीहरूमा हार्दिक अपिल गर्दछु,’ शुक्रबार अपिल जारी गर्दै राईले भनेका छन्।
समाजमा देखिने अशान्ति र विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तर विरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने भएकोले यस प्रकारको विविधताको नकरात्मकतालाई सकरात्मकतामा परिणत गर्न संयमित र संवेदनशील हुन उनले अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्