Ads

५० सांसदसहित कोशीमा फेरि एमालेको सरकार बन्छ: ओली


बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा आफ्नो दलको सरकार बन्ने दाबी गरेका छन् ।

शुक्रबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारण कोशीमा अस्थिरता भएको बताए ।
उनले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् । ५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्ने ओलीको दाबी छ ।

अहिलेको सत्ता गठबन्धन र खास गरेर सरकारको नेतृत्व गरेको माओवादीले द्वन्द्व बढाएको बताएका छन् । ‘समाजवादी मोर्चाले समस्या पारेको छ । एकातिर प्रदेशको नामको पक्षमा भोट हाल्छ एको तिर बाहिर आउँछ ढुङ्गा मुढा गर्छ मान्छे मराउँछ । प्रचण्डको पार्टी, माधव नेपालको पार्टी र जसपाले द्वन्द्व बढाइरहेका छन्’ उनले भने ।

अहिलेको सरकारले साम्प्रदायिक द्वन्द्व बढाउने काम गरिरहेका समेत उनले आरोप लगाएका छन् ।

देशको आर्थिक विकासका लागि दलहरू मिल्नु पर्ने उनको भनाइ छ ।

Ads

सम्बन्धित पोष्टहरू