काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)को वाग्मती प्रदेश अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका छन् ।
शुक्रबार अपराह्न पत्रकार सम्मेलन गर्दै खड्काले वाग्मती प्रदेश अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।
आगामी १५ गते हुने बागमती प्रदेशको दोस्रो अधिवेशनमा अध्यक्षका लागि पारस खड्का, उपाध्यक्षमा मकवानपुर जिल्ला, सचिवमा ललितपुर र कोषाध्यक्षमा भत्तपुर जिल्ला रहने र ९ सदस्य पदमा आपसी समझदारीमा उम्मेदवारी दिने घोषणाा गरेका हुन्।
यसअघि भएको काठमाडौ जिल्लाको सदस्यमा आएपछि पारसका लागि प्रदेश र केन्द्रको कुनैपनि पदमा लड्न पाउने बाटो खुलेको हो।
क्यानको विधान अनुसार कुनैपनि पदाधिकारी केन्द्रमा चुनाव लड्न जिल्लाबाट प्रतिनिधित्व गर्दै आउनु पर्ने हुन्छ।
बागमती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र नुवाकोट गरी ६ जिल्ला छन्।
उनी काठमाडौं जिल्ला क्रिकेट संघका कार्य समिति सदस्य हुन् ।
प्रतिक्रिया दिनुहोस्