काठमाडाैँ । संभावित दुर्घटनालाई लिएर धरानका सवै राजनीतिक दलहरुले सद्भावको अपिल गरेका छन् ।
शुक्रबार बसेको सर्वदलीय बैठकले भोलिका लागि निर्धारित कार्यक्रमहरू स्थगित गर्न आह्वान गरेकाे छ ।
१३ वटा दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव कायम गर्न अपिल गर्दै सामाजिक सञ्जालमा सद्भाव खल्बलिने कुनै सामग्री पोस्ट तथा शेयर नगर्न पनि अनुरोध गरेका छन् ।
धरानमा सहिष्णुता र सद्भाव विथोलिन सक्नेप्रति भन्दै दलहरूले चिन्ता व्यक्त गरेका छन् । आजै सुनसरी जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै धरानमा निषेधाज्ञासमेत लगाएको छ । मेयर हर्क साम्पाङले पनि सद्भाव कायम गर्न अपिल गरेका छन् ।
नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, रास्वपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, नेससपा, सलोराम, राजमुपा नेपाल, खिसपा र साझा विवेकशील पार्टीले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्