Ads

कांग्रेस भित्र बढ्दो असन्तुष्टि


काठमाडौं । पछिल्लो समयमा विकशित भएका विभिन्न राजनीतिक घटनाक्रमका कारण प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस भित्र असन्तुष्टि बढेको छ ।
खास गरि कोशी प्रदेशमा सरकार गठनको प्रक्रियालाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढेको हो । यसका साथै विभिन्न भ्रष्टाचारका काण्डमा पार्टीको दृष्टिकोण र अडान, सभापतिको कार्यशैली, प्रहरी अधिकृतहरुको सरुवा लगायतका विषयलाई लिएर पनि असन्तुष्टि बढेको छ ।

कोशी प्रदेशमा मुख्यमन्त्री चयन गर्दा प्रदेश सभा बैठकको अध्यक्षता गरेका व्यक्तिसमेत मतदानमा सहभागी भएकोमा कांग्रेसमा असन्तुष्टि बढेको हो । नेता शेखर कोइरालाले यस्तो प्रवृत्तिलाई लोकतान्त्रिक अभ्यासविपरीत भनेका छन् ।

नेता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्ड, ललिता निवास प्रकरणमा जनताले बुझ्ने गरी छानबिन गर्नसमेत सुझाव दिएका छन् ।

सुन प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुको सरकारले सरुवा गरेकोमा समेत कांग्रेसका केही नेताले असन्तुष्टि जनाएका छन् । पछिल्ला राजनीतिक घटनामा सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफल नगरेको गुनासो उनीहरुको छ ।

Ads

सम्बन्धित पोष्टहरू