Ads

८० करोड ठगी भएको भन्दै उजुरी


झापा\ झापामा एकपछि अर्को गर्दै ठगीका घटना बढ्न थालेका छन्। झापा गौरादहका सोमराज विश्वकर्मा दम्पतीले २४ करोड ठगी आरोपमा पक्राउ परेको घटना सेलाउन नपाउँदै यता झापाको बिर्तामोडमा ‘पङ्कज चामल भण्डार’ नामको पसल सञ्चालन गर्दै आएका भारत पश्चिम बङ्गालस्थित राजगञ्ज स्थायी ठेगाना भएका पङ्कज अग्रवालले पाँचथर, ताप्लेजुङ, इलाम, झापा र सुनसरीका दुई सयभन्दा बढीको ८० करोड रकम ठगेर फरार भएका छन्।

उनी धेरै सर्वसाधारण एवम् व्यापारीलाई ठगेर बेपत्ता भएको भन्दै उजुरी परेको छ। अग्रवालले पाँच जिल्लाका दुई सयभन्दा धेरै व्यवसायीसँग न्यूनतम २५ हजारदेखि अधिकतम ८० लाख रुपैयाँसम्म ठगेर भागेको प्रहरीमा पीडितले दिएको सापटी र ब्याजमा रकम लिएर फरार भएको भन्दै प्रहरीमा उजुरीको चाङ लागेको छ।  अग्रवालले  स्थानीयको  ८० करोडभन्दा धेरै रकम लिएर भागेको पीडितको दाबी छ ।

अग्रवालले पैसा दिँदा केही कारोबारीलाई कपाली तमसुक र केहीलाई भर्पाई गरिदिएको पाइएको छ।  पीडितले भएका सबै प्रमाण उजुरी पत्रसँगै संलग्न राखेका छन् । ठगीमा परेकामध्ये १७ जनाले बिहीबार जिल्ला प्रहरी पाँचथरमा सामूहिक निवेदन दिएका थिए।

यसअघि अग्रवालबाट पीडित १३ जनाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिइसकेको प्रहरीले जनाएको छ। उनले केही कारोबारीलाई भाखा पुगेका दिन पैसा निकाल्नु भन्दै दिएका चेकको खातामा रकम नभएको पीडितहरूले बताएका छन्।

Ads

सम्बन्धित पोष्टहरू