Ads

महिला बन्दी गृह निर्माण


दाङ\ दाङको तुलसीपुरमा सुविधासम्पन्न महिला बन्दी गृह निर्माण भएको छ। लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयबाट विनियोजित तीन करोड ८८ लाख सात हजार रुपियाँको लागतमा महिला बन्दी गृह निर्माण भएको हो।

नयाँ भवनमा रहेका १८ कोठामा ८० जनासम्म कैदीबन्दीलाई राख्न सकिने तुलसीपुर कारागार प्रशासनका प्रमुख जेलर चिन्तामणि रेग्मीले बताए । यसअघि पुरानो बन्दी गृहका तीन वटा कोठामा ४९ जना महिला कैदीबन्दीसहित तीन जना आश्रित बालबालिका गरेर ५२ जना बस्दै आएका थिए। २५ जना राख्न मिल्ने क्षमताको बन्दी गृह भए पनि क्षमताभन्दा बढी राख्नुपर्ने बाध्यता रहेको थियो।

नयाँ भवन निर्माणसँगै महिला कैदीबन्दीलाई नयाँ भवनमा सारिएको जेलर रेग्मीले बताए ।

Ads

सम्बन्धित पोष्टहरू