काठमाडौँ । नेकपा माओवादी केन्द्रले कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति पाएको छ ।
माओवादीकी सांसद विमला सुवेदीले समितिको सभापति पदमा मनोनयन दर्ता गरेकी हुन् ।
सुवेदीको प्रस्तावकमा माओवादी सांसद पूर्णबहादुर घर्ती रहेका छन् भने समर्थकमा कांग्रेस सांसद रमेश लेखक, एमाले सांसद महेश बर्ताैला र राप्रपा सांसद ध्रुवबहादुर प्रधान रहेका छन् ।
यसअघि १० वटा विषयगत समितिमध्ये माओवादी केन्द्रले विकास समिति र कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति पाएको थियो ।
माओवादीले पाएकामध्ये एक समिति रोज्न राप्रपालाई दिइएको थियो । पूर्वाधार तथा विकास समितिको सभापति राप्रपाबाट दीपक सिंह उम्मेदवार हुने भएका छन् । ‘सहमतिका लागि हामीले पाएको समितिमध्ये विकास समिति राप्रपालाई दियौं’, माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्