Ads

सरकार र सत्तारुढ दलले नै कोशी प्रदेशमा जातीय सद्भाव बिथोल्ने काम गरेका छन्: भगवती न्यौपाने


काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले कोशी प्रदेशमा जातीय सद्भाव बिथोल्ने काममा सरकार र सत्तारुढ गठबन्धन आफैँ संलग्न रहेको आरोप लगाएकी छन् ।

आइतबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सत्तारुढ गठबन्धनले जातीय सद्भावमा खलल पुर्‍याउने खालका गतिविधि गरिरहेको उल्लेख गर्दै तत्काल त्यस्ता खालका गतिविधिलाई नियन्त्रण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।

‘आज कोशीमा पहिचानको नाममा जातीय सदभावमा खलल पुग्ने गरी गतिविधिहरू भइरहेका छन् । त्यसलाई उक्साउने काम गठबन्धनबाटै भइरहेको छ,’ न्यौपानेले भनिन्, ‘जातीय सद्भाव कायम गर्नभन्दा त्यसलाई उक्साउने र अराजकतातिर लैजाने खालको परिस्थितिहरू आज गठबन्धनबाट, सरकारबाट त्यस्ता खालको गतिविधिहरू भइराखेका छन् ।’

बहुजात, बहुधर्म, बहुसंस्कृति नेपालको पहिचान भए पनि त्यसमा खलल पुर्‍याउने काम सत्ता गठबन्धनबाटै हुनु मुलुकको लागि दुःखद् भएको उनको भनाइ छ । जातजातका बीचमा लडाएर मुलुकलाई अराजकतातिर धकेल्ने काम कसैले पनि गर्न नहुने उनको भनाइ छ ।

Ads

सम्बन्धित पोष्टहरू