संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका –६ मा रहेको प्रसूति गृह भवनमा पहिरोले क्षति पुर्याएको छ । लगातारको वर्षासँगै आएको पहिरोले चैनपुर–६ मा रहेको प्रसूति गृह भवनमा क्षति पुगेको हो ।
आइतबार बिहानमाथिबाट खसेको पहिरोले प्रसूति गृहमा क्षति पुगेको चैनपुर नगरपालिका उपप्रमुख एलिना श्रेष्ठले जानकारी दिइन् । पहिरोले प्रसूति गृहमा २० लाख रुपैयाँ बराबरको क्षति पुगेको उपप्रमुख श्रेष्ठले बताएकी छन् । माथिबाट खसेको पहिरोले प्रसूति गृहको भवन, बेड लगायत अन्य सामग्रीमा समेत क्षति पुगेको उपप्रमुख श्रेष्ठले बताइन् । पहिरोले प्रसूति गृह भवनको भौतिक संरचना क्षति पुगेको उनले बताइन् ।
पहिरोले प्रसूति गृहको भवन समेत चिरा परेको छ । पहिरोले भवन र सामग्रीमा क्षति पुगेपछि प्रसूति सेवा रोकिएको छ । उक्त भवन २०६७ सालमा १ करोड ३९ लाख रुपैयाँ निर्माण गरिएको हो । पहिरो आजै बाट हटाउन थालिएको उपप्रमुख श्रेष्ठको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्