Ads

सर्वोच्चमा आजदेखि पेसी तारिख ‘अटोमेसन’मा तोकिने


काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि पेसी तारिख ‘अटोमेसन’मा तोकिने भएको छ।  प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आजदेखि पेसी तारेख अटोमेसनको सुरुआत गर्न लागिएको बताएका छन् । अहिले परीक्षणका लागि अटोमेसन अभ्यास गर्न लागिएकोमा अब अदालतमा मुद्दा परेपछि सेवाग्राहीले ‘सिस्टम’भित्रैबाट तारिख पाउनेछन् । यसो हुँदा सेवाग्राहीको गुनासो घट्ने उनले विश्वास व्यक्त गरे ।

न्याय क्षेत्रमा सुधारको अभियान जारी रहेको उनको भनाइ छ । त्यसका लागि सबै क्षेत्रबाट सकारात्मक सहयोग आवश्यक रहेको उनले बताए । अहिले परीक्षणका रूपमा सुरु गरिएको पेसी तारेख यसपछि काठमाडौं जिल्ला अदालतमा थालिने उनको भनाइ छ । प्रधानन्यायाधीश श्रेष्ठले पेसी तोक्ने काम भने बजेटलगायतका कारण अटोमेसनमा लैजान कठिनाइ भइरहेको बताए । यसका साथै प्रविधिक व्यवस्थापनका लागि थप गृहकार्य आवश्यक देखिएको उनको भनाइ छ ।

Ads

सम्बन्धित पोष्टहरू