Ads

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु


काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक सुरु भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे र उत्तागठबन्धनका बारेमा पार्टीको धारणा तय गर्न बैठक बसेको हो ।

बैठक नयाँबानेश्वरस्थित अर्याल होटलमा सुरु भएको । बैठकले एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाउने नेता गंगालाल तुलाधरले जानकारी दिए ।

सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीले एमसीसी जस्ताकोतस्तै संसदबाट पारित गर्न नहुने मत राख्दै आएका छन् ।

सरकारले आगामी आइतबारको प्रतिनिधि सभा बैठकमा एमसीसी पेश गर्ने तयारी गरेको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थायी कमिटीको बैठकबाट पार्टीको एकीकृत धारणा तय गर्ने भन्दै समय मागेका थिए । त्यसपछि आइतबारसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएको थियो ।

 

 

 

Ads

सम्बन्धित पोष्टहरू