Ads

बाल सुधार गृह र मृतकका परिवारबीच सहमती, आजै दाहसंस्कार गरिने


भक्तपुर । भक्तपुरको मध्यपुरथिमि सानोठिमीस्थित बाल सुधार गृहमा रहेका युवकको मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मृतक परिवारसँग ९ दिनमा सहमती भएको छ ।

सहमतीसँगै सोमबार मृतकको पोष्टमार्टम गरी दाहसंस्कार गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा शवपरीक्षण गर्ने, शवपरीक्षणपछि मृतकको दाहसंस्कार गर्ने, मृतक परिवारले भने रु १० लाख क्षतिपूर्ति एवं राहत रकमको माग गर्दै आएका थिए ।

युसेप नेपालले मृतकको काजकिरिया गर्नका लागि आफ्ना कर्मचारीको केही दिनको तलब काटेर सहयोगस्वरुप दुई लाख सहयोग रकम उपलब्ध गराएको छ ।

Ads

सम्बन्धित पोष्टहरू