Ads

तीन राजदूत नियुक्त


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तीन राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलेजा रेग्मी भट्टराईका अनुसार फ्रान्सका लागि सुधिर भट्टराई, संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री र घनश्याम लम्साललाई कुवेतका लागि नेपाली राजदूतमा नियुक्त गरिएको हो ।

मन्त्रिपरिद्को सिफारिसमा संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू