काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चाहेको भए राप्रपा फुटाउन सक्ने बताएका छन । उनले आफूले गीतामा हात राखेर राप्रपा नफुटाउने कसम खाएको कारण सो पार्टीलाई नफुटाएको दाबी गरेका छन् । आफ्नो नयाँ पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै थापाले आफूलाई विधान र कानुनअनुसार राप्रपा फुटाउने सुझाव आए पनि त्यसो नगरेको बताएका छन्।
कार्यक्रममा उनले भने, ‘मलाई आज २०७६ साल फागुन २९ गतेको सम्झना भइराखेको छ । यही मञ्चबाट गीता हातमा लिएर राप्रपालाई कदापि फुट्न दिने छैन भन्ने कसम खाएको थिएँ । गीता सनातन धर्मावलम्बीहरूको एउटा महान् ग्रन्थ हो । त्यसलाई छोएर मैले राप्रपा कहिले फुटाउँदिन मलाई सम्झना छ । मलाई आज यो भन्दा खुसी लाग्छ कि मैले राप्रपा फुटाइँन ।’
‘मैले चाहेको भए सक्थेँ । अहिले पनि राप्रपामा हामीप्रति स्नेह राख्ने बहुसङ्ख्यक केन्द्रीय सदस्यहरू हुनुहुन्छ । वहाँहरूले विधान र कानुन बमोजिम बहुमत पुर्याएर पार्टी फुटाऔँ भन्ने सल्लाह दिनुभएको थियो । तर मैले पार्टी फुटाउन चाहिनँ ।’
उनले आज राप्रपा नेपाल पार्टी घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्