नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुबाहक बस दुर्घटना हुँदा सात यात्रु घाइते भएका छन् ।काठमाडौंबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ९०११ नम्बरको रात्रि बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी भोजराज पाण्डेकाअनुसार घाइतेको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ । दुघर्टनापछि सवारी चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारको क्रममा रहेको र सडकमा खाल्डा–खुल्डी बढी भएकाले यो क्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ ।
प्रतिक्रिया दिनुहोस्