काठमाडौं । सुन तस्करी प्रकरणमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पाल्पाका गणेश पौडेललार्इ बुधबार पक्राउ गरेको हो ।
पौडेल पक्राउ परेसँगै ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ । सुन तस्करी प्रकरणमा ६ चिनियाँ, एक भारतीय नागरिकसहित २४ जना पक्राउ परेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ६० किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले २ साउनमा सिनामंगलबाट बरामद गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्