Ads

सुन प्रकरणमा दुःख दिएको भन्दै विमानस्थल भन्सारका १ सय ३७ कर्मचारीले मागे सरुवा


काठमाडौं । ६० किलो सुन तस्करीको घटनालाई लिएर आफूहरूमाथि विना कारण प्रहरीले दुःख दिने गरेकोले मानसिक तनाव बोकेर काम गर्न नसकिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ जना कर्मचारीले सरुवाका लागि भन्सार विभाग प्रशासन समक्ष सामूहिक निवेदन दिएका छन् ।

विभागका महानिर्देशकलाई सम्बोधन गर्दै मंगलबार ३५ अधिकृतसहितका कर्मचारीले एकैसाथ सरुवा मागेका हुन् । सुनका विषयलाई लिएर विभिन्न निकायबाट अनुसन्धान र छानबिनको बहानामा प्रहरीले विना कारण दुःख दिने र मानसिक रुपमा क्षतविक्षत बनाउने काम गराएको उनीहरूले बताएका छन् ।

उनीहरूले दिएको सामूहिक निवेदनमा आफ्नो ज्ञान, सीप र क्षमताले भ्याएसम्म असल नियत र मनसायका साथ कार्य जिम्मेवारी पूरा गर्दै आएकामा अहिले विना कारण दुःख दिने काम भएकाले कामकाज गर्न कठिनाइ भएको र विनाकारण भोग्नु परेको मानसिक तनावका कारण घर, परिवार तथा समाजबाट समेत बहिष्कार हुने स्थिति सिर्जना भएको उल्लेख छ ।

Ads

सम्बन्धित पोष्टहरू