काठमाडौं । सत्तागठबन्धनको बैठक सुरु भएको छ । एमसीसीमा सहमति जुटाउने ‘निर्णायक बैठक’ भनिएको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ ।
संसद बैठक बस्नुअघि नै एमसीसीबारे गठबन्धन दलहरुबीच सहमति जुटाउने प्रयासस्वरुप बैठक बसेको हो ।
संसद बैठक दिउँसो १ बजेका बस्दै छ । शुक्रबार नै गठबन्धनको निर्णायक बैठक हुने भनिए पनि नेकपा एसले समय मागेका कारण आजसम्मका लागि स्थगित गरिएको थियो ।
नेकपा एसको हिजो बसेको स्थायी कमिटी बैठकले एमसीसी संसदमा टेबल हुनपर्ने तर त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सत्ताघटक माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अनुमोदन भए सरकारबाटै बाहिरिने निर्णय गरिसकेको छ ।
आजको संसदको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन । संसद बैठकअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद बैठकको अन्तिम कार्यसूची तय गर्नेछ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संसद अवरोध कायमै राख्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्