काठमाडौं । धादिङको गजुरी गाउँपालिका– ५ घाटबेँसीमा यात्रुबस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८६९६ नम्बरको बस अनियन्त्रित भई भित्तामा ठोक्किँदा यात्रुहरुलाई चोट लागेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बस भित्तामा ठोक्किएको जानकारी दिए । बसमा सवार २९ जनामध्ये नौजनाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र उपचार भइरहेको उनको भनाइ छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्