काठमाडौं । एमसीसी संसदमा टेबल गर्न सत्तागठबन्धनका शीर्षस्थ नेताबीच भएको सहमतिप्रति नेकपा एसका सम्मानित नेता झलनाथ खनालले आपत्ति जनाएका छन् ।
आफ्नो पार्टीले यथास्थितिमा एमसीसी टेबल गर्न नहुने निर्णय गरेको भन्दै गठबन्धनका नेताहरुबीच भएको सहमतिप्रति खनालले आपत्ति जनाएका हुन् । आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा खनाललाई बोलाइएको थिएन । गठबन्धनका शिर्ष नेताहरुबीच एमसीसी संसदमा टेबल गर्ने सहमति भएको हो । उक्त सहमति प्रति खनालले आपत्ति जनाएका छन् । उनले भनेका छन् ,‘मलाई त बैठकमा बोलाउँदै बोलाइएन, अमेरिकासँग झुक्नेले सम्झौता गरे अरे, तर मेरो यसमा सधैं विरोध रहन्छ ।’
खनालले एमसीसी टेबल गर्ने सहमति प्रति कडा आलोचना गदै भनेका छन्, ‘अहिले संसद नै चलिरहेको छैन, कहाँ लगेर टेबल गर्छन् ? भाान्सामा ।’
नेकपा एसको हिजो बसेको स्थायी कमिटी बैठकले एमसीसी संसदमा टेबल गर्न दिने तर विपक्षमा उभिने निर्णय गरेको भनिएको थियो । तर खनालले पार्टीमा त्यस्तो निर्णय नभएको बताउदै आएका छन् ।
सत्तागठबन्धनका शीर्ष नेताबीच आजकै संसदमा एमसीसी टेबल गर्ने सहमति भएको भनिएको छ । तर माओवादी केन्द्रले पनि फरक मत राखेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्