काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । बैठकले आजको संसद बैठकको कार्यसूची तय गर्ने छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने बैठक बहिस्कार गरेको छ ।
बालुवाटारमा आज बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एमसीसी संसद बैठकमा पेश गर्ने सहमति जनाएको थियो ।
यसअघिका बैठकमा दलीय सहमति नभएको भन्दै सभामुख अग्नि सापकोटाले एमसीसीलाई कार्यसूचीमा राखेका थिएनन् ।
प्रतिक्रिया दिनुहोस्