Ads

गठबन्धन बैठकमा एमसीसीको विरोध गर्ने खनाल र श्रेष्ठलाई बोलाइएन


काठमाडौं । सत्ता गठबन्धनको आइतबार बसेको बैठकमा एमसीसीको विरोध गदै आएका दुई जना नेतालाई बैठकबारे जानकारी नै दिइएन । एमसीसीको विरोध गदै आएका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकबारे जानकारी नदिएको खनालले जानकारी दिएका छन् ।

सत्ता गठबन्धनको खनाल र श्रेष्ठ यसअघिका गठबन्धनका बैठकमा उपस्थित हुँदै आएका थिए ।

उनले एमसीसी संसदमा टेबुल गर्ने सहमतिप्रति आफ्नो आपत्ति रहेको उल्लेख गरे । ‘मलाई त बैठकमा बोलाउँदै बोलाइएन, अमेरिकासँग झुक्नेले सम्झौता गरे अरे, तर मेरो यसमा सधैँ विरोध रहन्छ । अहिले संसद नै चलिरहेको छैन, कहाँ लगेर टेबल गर्छन् , भान्साको टेबलमा ।’

माओवादी केन्द्रका नेता श्रेष्ठले पनि बैठकबारे आफूलाई कुनै जानकारी नदिएको उल्लेख गरे । स्रोतका अनुसार हरेक दलबाट एक जना शिर्ष नेतामात्र उपस्थिति हुने भनिएकाले अरु नेतालाई नबोलाएको हो ।

Ads

सम्बन्धित पोष्टहरू