काठमाडौँ । आज(आइतबार) पनि एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ । आज एमसीसी टेबल हुने भएपछि नेकपा एस निकट भ्रातृ संगठन प्रदर्शनमा उत्रिएका हो ।
उनीहरुले संसद भवन अघि नारा जुलस गर्दै एमसीसीविरुद्ध प्रर्दशन गरिरहेका छन् । नारा जुलसको क्रममा झडपको स्थिती सृजना भएपछि प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो भने प्रदर्शनकारीहरुले ढुंगा हानेका थिए ।
प्रदर्शनकारीहरुले नो एमसीसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’, प्रहरी दमन मुर्दावाद, दलालहरु होसियारलगायतका नारा लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्