Ads

यो साता प्रतितोला १४०० रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार तोलामा १४ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ पुगेको हो । यस्तै, महासंघकाअनुसार हिजो शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९०० रुपैयाँ कायम थियो ।

यसबाहेक, सुनको मूल्य बढेको साता चाँदीको समेत मूल्य बढेको छ । तर, यो साता चाँदीको मूल्यमा २० रुपैयाँको वृद्धि आएको छ ।महासंघले हिजो शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ७० रुपैयाँ कायम रहेको जनाएको छ । जुन, गत साताको शुक्रबार तोलामा १४ सय ५० रुपैयाँ कायम थियो ।

Ads

सम्बन्धित पोष्टहरू