Ads

मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा , ७ जना घाइते


काठमाडौं । काठमाडौंमा आज बिहान मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ७ जना घाइते भएका छन् । काठमाडौंको पेप्सीकोला(काँडाघारी सडकखण्डमा मिनी बस अनियन्त्रित भएर एकसाथ ठक्कर दिँदा ७ जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार उक्त दुर्घटना आज बिहान ७ बजेर ४५ मिनेट जाँदाको समयमा भएको थियो । घाइतेहरुको मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप विवरण भने आउन बाँकी रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू