Ads

एमसीसी राष्ट्रघाती भन्नेले आफ्ना अध्यक्षविरुद्ध संसदमै नाराबाजी गर्नुपर्छ : गगन थापा


काठमाडौँ । आज(आइतबार) बसेको प्रतिनिधिसभामा बैठकले ३२ महिना पछि एमसीसी टेबल गरेको छ । एमसीसी टेबल भएसंगै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीको पक्षमा भए पक्षमा र विपक्षमा भए विपक्षमा उभिन अनुरोध गरेका छन् ।

“यो प्रस्ताव राष्ट्रघाती हो भन्ने हो भने सबैभन्दा पहिले मान्य भीम रावलले केपी शर्मा ओली राष्ट्रघाती मुर्दावाद भनेर संसदभित्र नारा लगाउने हिम्मत गर्नुपर्छ । माओवादीका सांसदहरूले पुष्पकमल दहाल मुर्दावाद र नेकपा एकीकृत समाजवादीका सांसदहरूले माधव नेपाल मुर्दावाद भनेर नारा लगाउनुपर्छ, त्यसपछि मात्रै यो विषयमा उहाँहरुले कुरा राख्नुपर्छ” उनले भने, नराबाजी गरिरहेको नेकपा एमाले, माओवादी, मजदुर किसान पार्टी र जनमोर्चाले समेत आजको छलफलमा भाग लिनु सकारात्मक रहेको भन्दै बाँकी छलफल फागुन १२ गतेबाट हुने बताएका छन् ।

नेपाल कम्यिुनिष्ट पार्टीको सरकार हुँदा आफै तयार गरेको प्रस्तावलाई सेरबहादुर देउवाले नेतृत्व गरेको सरकारले संसदमा प्रस्तुत गरेको प्रस्तावको विपक्षमा उभिदा राजनितिक नैतिकतामा प्रश्न उठ्न सक्ने भन्दै सबैले डबल स्टान्डर्ड छाड्नुपर्छ बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू