Ads

मुआव्जा माग्दै सडक अवरुद्ध


सङ्खुवासभा\ सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युतगृह क्षेत्रको प्रवेश मार्ग स्थानीयले बन्द गरिदिएका छन । प्रवेश मार्ग निर्माण गर्दा जग्गाधनीले पाउनुपर्ने मुआब्जा नपाएको भन्दै स्थानीयले शनिबारदेखि सडक बन्द गरेका हुन् ।

प्रवेश मार्गको जग्गाको मुआब्जा नपाएका स्थानीयले चिचिला गाउँपालिका–३ स्थित पुखुवामा निर्माण भइरहेको विद्युत्गृहको कामसमेत रोकेका छन् । पीडितको एक समूहले छ्याङ्कुटी डाँडाबाट सवारीसाधन प्रवेशमा रोक लगाएको छ भने अर्को समूहले विद्युत्गृहको काम रोकेको छ ।

खाँदबारी नगरपालिका र चिचिला गाउँपालिकाको सीमाक्षेत्र छ्याङ्कुटीबाट अरुण तेस्रोको विद्युत्गृह प्रवेश मार्ग सुरु हुन्छ ।

छ्याङ्कुटीदेखि चिचिला गाउँपालिकाको केराबारीसम्मको २४ किलोमिटरमा पर्ने जग्गाको मुआब्जा पाउन छुट भएको र हालसम्म मुआब्जा रकम नपाएको भन्दै स्थानीय आन्दोलित बनेका हुन् ।

प्रवेश मार्ग निर्माणका क्रममा ४५४ रोपनी जग्गाको मुआब्जा पाउन बाँकी रहेको पीडित दालमु शेर्पाले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू